Breaking News.... EverestOnlineKhabar
June 27, 2026

‘राजी’ को अफिसियल ट्रेलर रिलिज, आलिया जासुसको भूमिकामा

Loading

एजेन्सी । आलिया भट्ट अभिनित फिल्म ‘राजी’को अफिसियल ट्रेलर रिलिज भएको छ। मङ्गलबार युट्युबमार्फत सार्वजनिक भएको ट्रेलरमा आलियालाई जासुस पात्रको रुपमा प्रस्तुत गरिएको छ।

फिल्म हरिन्दर सिक्काले लेखेको उपन्यासमा आधारित रहेको छ। जसमा काश्मिरि युवतीको यथार्थ जीवन प्रस्तुत छ। भारत–पाकिस्तान युद्ध ताका भारतका लागि जासुसी गर्न पाकिस्तानी सैनिकसँग विवाह गर्ने उक्त युवतीको भूमिका आलियाले निर्वाह गरेकी हुन्।

मेघना गुलजार निर्दे्शित फिल्ममा आलियासँगै विक्की कौशल, रजित कपुर, जयदिप अलावत तथा सोनी रजदानको मुख्य भूमिका रहेको छ। फिल्मको रिलिज टार्गेट मे ११ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.