Breaking News.... EverestOnlineKhabar
June 28, 2026

आफना वकिलको कार्यालयमा एफबिआइले छापा मारेपछि ट्रम्प क्रुद्ध, देशमाथिकै आक्रमण भएको ट्रम्पको प्रतिक्रिया

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वकिलको व्यक्तिगत कार्यालयमा संघीय जाँच आयोग (एफबिआई) ले गरेको छापाको आलोचना गरेका छन् ।

सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी दखलका बारेमा अनुसन्धान गरिरहेको एफबिआईले ट्रम्पका वकिल माइकल कोहेनको कार्यालयमा छापा मारेको हो । एफबिआईको काम अपमान पूर्ण र देशमाथिकै आक्रमण रहेको भन्दै राष्ट्रपति ट्रम्पले आलोचना गरेका हुन् ।

ट्रम्पको यौन सम्बन्ध रहेको भनिएकी वयश्क चलचित्रकी अभिनेत्री स्ट्रोमी ड्यानियल्सलाई यसबारेमा चुप रहनका लागि रकम प्रदान गर्न भएको प्रक्रियाको कागजात पनि जफत भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी दखलका बारेमा अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट म्युलरको निर्देशनमा एफबिआईले कोहेनको कार्यालयमा छापा मारेको हो ।

ट्रम्पले भइरहेको अनुसन्धानको आलोचना गर्दै म्युलरको टिम अहिलेसम्मकै पक्षपाती व्यक्तिहरुको समूह रहेको आरोप लगाएका छन् ।
ट्रम्पका वकिल कोहेनले सन् २०१६ को चुनावको केही दिनअघि मात्रै वयश्क चलचित्रकी अभिनेत्री ड्यानियल्सलाई ट्रम्पसँगको आफ्नो सम्बन्धका बारेमा चुप रहनका लागि १ लाख ३० हजार अमेरिकी डलर दिएको बताएका थिए ।

त्यसपछि उनी छानबिनको दायरामा आएका हुन् । वास्तविक नाम स्टेफानी क्लिफोर्ड रहेकी स्ट्रोमी र ट्रम्पबिच सन् २००६ मा यौन सम्बन्ध कायम भएको थियो ।

ट्रम्पकी श्रीमती मेलानियाले छोरा ब्यारेन जन्माएको केही समयपछि नै आफू र ट्रम्पबिच यौन सम्बन्ध कायम भएको स्ट्रोमीले बताउने गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.