Breaking News.... EverestOnlineKhabar
June 28, 2026

खटाएको ठाउँमा नजाने कर्मचारीलाई तत्काल हटाइने : मन्त्री पण्डित

Loading

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई सरकारले खटाएका ठाउँमा जान बारम्बार आह्वान गरिएको बताउँदै नगएमा त्यस्ता कर्मचारीलाई तत्काल बिदा दिइने बताएका छन ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले सरकारको नून खाएपछि सरकारी कामका लागि अटेर कर्मचारीको सेखी अब धेरै नसहने प्रष्ट पारे । उनले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको पनि जानकारी गराए ।

उनले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचारी अपुग भएकाले आवश्यक दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश स्थगन गरेको प्रष्ट पारे ।

मन्त्री पण्डितले सबै कार्यालयमा परिपत्र पठाई स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको बताउँदै लुकीछिपी हाजिर गराउन दिने प्रमुखलाई कारवाही गरिने चेतावनी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.