Breaking News.... EverestOnlineKhabar
June 5, 2026

भारत भ्रमण सकेर प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्किदै….

Loading

काठमाडौ,चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आइतबार साँझ स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार ओली नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कने छन् ।
स्वदेश फर्कनुअघि ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुँदैछन् । त्यहाँ ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गर्ने कार्यक्रम छ । ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा ५४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत गएका थिए । भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका ओली भ्रमण सकाएर साँझ स्वदेश फर्कन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed