Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

बुटबल,चैत ।
रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भिषण आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–८ स्थित सुपरमार्केटको माथिल्लो तलामा आगलागी भएको हो । बिहान ४ बजेदेखि दन्किएको आगो नियन्त्रणमा ल्याउने प्रयास भईरहेको छ । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित दुई ओटा दमकलले प्रयास गरिरहेका छन् ।
बुटवल र भैरहवाको दमकलले आगो निभाउने प्रयास जारी राखेका हुन् । कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाइएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ । सो भाटभटेनी सुपरमार्केट गत बैशाख महिनाबाट सन्चालनमा आएको हो । माथिल्लो तलाबाट निस्किएको धुवाँको मुस्लोले बुटवलको आकास ढाकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed