Breaking News.... EverestOnlineKhabar
June 5, 2026

क्यानडाको जुनियर आइस हक्की टिम दुर्घटनामा, १४ जनाको मृत्यु

Loading

बीबीसी । क्यानडाको जुनियर आइस हक्की टिमका सदस्य चढेको बस लरीसँग ठोक्किएर गम्भीर दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा १४ जनाको निधन भएको बीबीसीले उल्लेख गरेको छ ।

बसमा २८ जना रहेको र त्यस मध्ये ड्राइभरसहित १४ जनाको ज्यान गएको रोयल क्यानडियन माउन्टेड पुलिसले पुष्टि गरेको छ । अरु १४ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनाका कारण जुनियर आइस हक्की टिमका सदस्यका अभिभावकले भोग्नु परेको मनोदसाको आफूले अनुमान पनि लगाउन नसक्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed