Breaking News.... EverestOnlineKhabar
August 29, 2026

Loading

काठमाडौं । आफूलाई राष्ट्रिय अनुसन्धान विभागको एआइजीकी श्रीमती हुँ भन्दै ठगी गरेको आरोपमा तनहुँकी एक महिला पक्राउ परेकी छन् । तनहुँको ब्यास ११ बस्ने ४० वर्षीया यमुना खड्कालाई सवा करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

राष्ट्रिय अनुसन्धान विभागमा सिपाही तथा असई बनाइदिने भन्दै विभिन्न व्यक्तिबाट करोडौं रूपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेकी हुन । उनीसँगै पक्राउ परेका अर्को व्यक्ति मोहन दुराले आफूलाई नेपाली सेनाको जमदार तथा बहालवाला जर्नेलको पिए हुँ भन्दै रकम उठाएर ठगी गरेका थिए। उनले नेपाली सेनाको सिपाही तथा सेकेण्ड लेफ्टिनेन्ट पदमा समेत भर्ना गराइदिने, बहालवाला नेपाली सेनाका कर्मचारीलाई शान्ति सेना पठाइदिने भन्दै लाखौं रकम ठग्दै आएका थिए। उनीहरूसँगै समूहमा रहेर ठगी गर्दै हिड्ने ४७ वर्षीय पशुपति अधिकारी र रमेश कुमाललाई समेत ठगीको आरोपमा पक्राउ गरेको काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले सेतोपाटीलाई बताए।

उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूले सिपाहीका लागि प्रतिव्यक्ति २ लाख, सेनाको सेकेन्ड लेफ्टिनेन्टका लागि ७ लाख, शान्ति सेनामा पठाइदिनका लागि २ लाख तथा पोल्याण्डलगायतका युरोपियन देशमा पठाइदिने भन्दै १ लाख ५० हजार गरी कुल सवा करोड ठगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.