![]()
बीबीसी । भारतीय अभिनेता सलमान खान करिब २० वर्ष पहिले कालो हरिणको शिकार गरेको मुद्दामा दोषी ठहर भएका छन । जोधपुर अदालतले नायक खानलाई बिहीबार दोषी ठहर गर्दै ५ बर्षको जेल सजाय सुनाएको हो ।
फिल्म ‘हम साथ–साथ हैं’ को शुटिङका दौरान जोधपुरमा रहेका बेला उनलाई कालो हरिणको शिकार आरोप लागेको थियो ।
बलिउड अभिनेता खान अदालतको आदेशअनुसार जोधपुर सेन्ट्रल जेल जाने भएका छन । सन् १९९८ मा राजस्थानको जोधपुरको ग्रामीण क्षेत्रमा दुई वटा कालो हरिणको शिकार गरेको आरोपमा सलमान खान र अन्य पाँचमाथि मुद्दा दर्ता गरिएको थियो ।
सलमानका साथै फिल्म अभिनेता सैफ अली खान र अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमको नाम पनि मुछिएको थियो । उनीहरुलाई अदालतले निर्दोष सावित गरेको छ ।
अभियोजन पक्षले यस मामिलामा कुल २८ प्रत्यक्षदर्शी अदालतमा पेश गरेको थियो ।


