Breaking News.... EverestOnlineKhabar
June 5, 2026

पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने

Loading

काठमाडौ,चैत ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैशाख १ गतेदेखि सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेका छन् । व्यक्तिगत सुरक्षा अधिकृत बाहेक अरु सुरक्षाकर्मी फिर्ता पठाउने निर्णय भएको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।
भट्टराईले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाको नाममा धेरै जनशक्ति दुरुपयोग भएकोले यसमा सुधारका लागि नियम पुनरावलोकन गर्न सरकारसँग आग्रह पनि गरेका छन् । उनले केही हप्ताअघि गृहमन्त्री र विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखसँग भेटेर यस्तो आग्रह गरेको पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed