![]()
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ देखि २५ गते हुने भारत भ्रमण स्वीकृत गरेको छ ।
मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने टुंगो लगाएको सरकारका प्रवक्ता गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिनुभयो । प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रमणमा जानु हुनेछ ।
भ्रमण दलका अन्य सदस्यसहितको संख्या र नाम टुंग्याउने जिम्मा भने बैठकले प्रधानमन्त्रीलाई नै दिएको छ ।


