Breaking News.... EverestOnlineKhabar
June 4, 2026

डीपीएल क्रिकेटः महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढी भिड्दै

Loading

कैलाली,चैत ।
धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा मंगलबार एक खेल हुँदैछ । डीपीएल क्रिकेट अन्तर्गत आज हुने छैटौं खेलमा महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढीले प्रतिस्पर्धा गर्दै छन् । महेन्द्रनगर र टिम चौराहबीचको खेल बिहान १० बजे सुरु हुनेछ । धनगढीस्थित अञ्चल प्रहरीको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछ विनोद भण्डारीको कप्तानीमा रहेको महेन्द्रनगर लगातार दोस्रो जितको खोजीमा हुने छन् । महेन्द्रनगरले पहिलो खेलमा विराटनगर किङसलाई ३३ रनले हराएको थियो । महेन्द्रनगर २ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।
यता, सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराह महेन्द्रनगरलाई हराउदै प्ले अफमा पुग्ने लक्ष्यमा हुनेछ । दुई खेल खेलिसकेको टिम चौराह २ अंक जोडेर लिगको चौथो स्थानमा रहेको छ । साबिकको विजेता समेत रहेको टिम चौरहले पहिलो खेलमा काठमाडौँ गोल्डेन्ससँग ७ विकेटको हार बेहोरेको थियो । तर, सोमबार भएको दोस्रो खेलमा टिम चौराहले सीवाईसी अत्तरियालाई ३ विकेटले हराएको थियो ।
डीपीएल क्रिकेटमा लगातार दुई खेल जितेको काठमाडौँ गोल्डेन्स ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै दुई खेलबाट २ अंक जोडेको सीवाईसी अत्तरिया दोस्रो स्थानमा रहेको छ ।
आगामी चैत्र ३० गतेसम्म चल्ने प्रतियोगिताको शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् । प्ले अफमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed