![]()
काठमाडौं । मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टारले जितेको छ । चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई २–१ गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि जितेको हो ।
मनाङले खेलमा अग्रता लिएपनि त्यसलाई कायमै राख्न नसक्दा हार बेहोर्नु परेको हो । दोस्रो हाफमा थ्रीस्टारले लगातार २ गोल गरेपछि मनाङ हार बेहोर्न बाध्य भयो ।
थ्रीस्टारका लागि ६९ औं मिनेटमा अनन्त तामाङले बराबरी गोल गरे भने ८२ औं मिनेटमा मार्टिनले विजयी गोल गरेका थिए ।


