Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौ,चैत ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अजरबैजानको राजधानी बाकुमा चैत २२ र २३ गते हुने असंलग्न आन्दोलन (नाम) को मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा सहभागी हुने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही चैत २१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
दिगो विकासका लागि अन्तर्राष्ट्रिय शान्ति सुरक्षाको प्रवर्द्धन विषयक उक्त सम्मेलन अगाडि सदस्य मुलुकका वरिष्ठ अधिकारीहरुको बैठक चैत २० र २१ गते हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वरिष्ठ अधिकारीहरुको उक्त बैठकले नामको अघिल्लो सम्मेलनको समीक्षा गर्नुका साथै आगामी वर्ष हुने शिखर सम्मेलनको तयारी गर्नेछ।
मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र काउन्सलर सुरेन्द्र थापाले भाग लिनेछन्। नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र हो। उक्त आन्दोलनका सिद्धान्त नेपालको परराष्ट्रनीतिका महत्वपूर्ण तत्व हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed