Breaking News.... EverestOnlineKhabar
August 11, 2026

काश्मिरमा भारतीय सेनाको अप्रेशनमा १३ जना मारिए, सर्वसाधारण मारेको पाकिस्तानको आरोप

Loading

बीबीसी । काश्मिरमा भारतीय सेनाले गरेको सर्च अप्रेशनमा कम्तिमा पनि १३ जना मारिएका छन् । भारतीय सेनाले काश्मिरका २ जिल्लामा १३ जना आतंककारी मारिएको दाबी गरेको छ ।

भारतीय सुरक्षाफौजविरुद्ध ठुलो आक्रमणको तयारीमा रहेका १३ जनालाई सर्च अप्रेशन गरेर मारिदिएको सेनाको दाबी छ । पाकिस्तानले भने मारिएका सबै युवा सर्वसाधरण रहेको र उनीहरुको संलग्नता कुनै आतंकवादी संगठनमा नरहेको उल्लेख गरेको छ।

भारत–पाकिस्तान सीमानजिकै इस्लामाबाद र शोपियाँ जिल्लामा यो घटना भएको हो । घटनामा कम्तिमा पनि एक सयजना घाइते भएका छन । मारिएका एकजना लश्कर ए तैयबा र बाँकी सबै हिजबुल मुजाहिद्दिनका सदस्य रहेको दाबी भारतीय पक्षको छ । अघिल्लो साल भारतले कश्मिरमा आतंककारीको आरोपमा २ सय भन्दा धेरैको ज्यान लिएको थियो ।

त्यसैगरी भारतीय सेनाले कश्मिरको द्रोजेड र कछडोरा क्षेत्रमा प्रदर्शनमा उत्रेका युवामाथि पनि गोली चलाएको थियो । त्यसक्रममा केही प्रदर्शनकारी युवा मारिएका थिए । घटनामा कम्तिमा पनि एक सयजना घाइते भएका दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed