Breaking News.... EverestOnlineKhabar
August 11, 2026

Loading

बीबीसी । बेल्जियमको संघीय संसद्ले एक वर्षका लागि त्यहाँका राजकुमार लोराँको मासिक भत्तामा कटौती गरेको छ । सरकारको अनुमति विनै गत वर्ष चिनियाँ दूतावासको एउटा कार्यक्रममा जलसेनाको पोशाकमा सहभागी भएका राजकुमारको भत्तामा कटौती गरेको हो ।

सांसदहरूले राजकुमारलाई दिइने भत्तामा वार्षिक १५ प्रतिशतले कटौती गर्ने पक्षमा मतदान गरेका हुन्। प्रधानमन्त्री चार्ल्स मिशेलको प्रस्तावमा उक्त कदम चालिएको हो।

यसअघि प्रधानमन्त्री मिशेलले कुनै पनि कूटनीतिक गतिविधिमा संलग्न हुनुअघि विदेश मन्त्रालयको अनुमति लिन राजकुमारलाई भनेका थिए। त्यसको बावजुद राजुकुमार दूतावासको कार्यक्रममा सहभागी भए र उनले ट्विटरमा आफ्नो एउटा फोटो राखे।

राजा फिलिपेका कान्छो भाइ राजकुमार लोराँले संसद्मा मतदानअघि एउटा लामो भावुक पत्र लेखेका थिए। पत्रमा उनले जीवनयापनका लागि काम गर्न आफू सक्षम नरहेको उल्लेख गरेका थिए। त्यसमा उनले मतदानलाई ’आफ्नो जीवनको परीक्षण’ भनेका थिए र सांसद्हरू आफ्नो विपक्षमा उभिए त्यसबाट आफू ’अन्यायमा पर्ने’ बताएका थिए।

राजकुमार लोराँ विवादमा परिरहन्छन् र कहिलेकाहीँ उनलाई बेल्जियमा ’प्रिन्स मोडी’ अर्थात् ’श्राप पाएका राजकुमार’ का रूपमा पनि व्याख्या गरिन्छ।

तीव्र गतिमा गाडी चलाएकोमा उनले थुप्रै पटक जरिवाना तिरिसकेका छन् । चिनियाँ सैनिक स्थापनाको ९० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अनौपचारिक रूपमा उपस्थिति हुनु जस्ता कुरा उनका लागि नौलो पनि होइन।

लिबियाका दिवंगत शासक मुआम्मर गद्दाफी सत्तामा रहेका बेला उनीसँग बैठक गरेकोमा पनि राजकुमार लोराँको आलोचना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed