![]()
एजेन्सी,चैत ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मोनाकोलाई ३–० ले हराउँदै पीएसजीले उपाधि जितेको हो ।
बोर्डूअक्स स्टेडियममा भएको फाइनलमा पीएसजीलाई जित दिलाउन एडिन्सन काभानीले दुई तथा एन्जल दि मारियाले एक गोल गरे । योसँगै पिएसजीले लगातार पाँचौ पटक फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ ।
पीएसजीलाई सिजनको पहिलो उपाधि दिलाउने क्रममा काभानीले आठौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको २१ औं मिनेटमा डी मारियाले गोल गरेपछि पहिलो हाफमा पीएसजीले २ – ० को अग्रता बनायो ।
दोस्रो हाफको ८५ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३ –० को महत्वपूर्ण जित दिलाए ।


