![]()
काठमाडौ,चैत ।
विवेकशील साझा पार्टीले सबै विभागका संयोजक तोकेको छ । पार्टीको केन्द्रीय समिति बैठकले १२ विभाग गठन गरी संयोजक तोकेको प्रवक्ता डा.सूर्यराज आचार्यले बताए । बैठकले संगठन विभाग, नीति तथा प्रशिक्षण विभाग, विदेश मामिला विभागसहितका १२ विभाग गठन गरेको हो । प्रवक्ता डा.आचार्यलाई नीति तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी मुमाराम खनालले पाएका छन् । संसदीय मामिला विभाग प्रमुखमा पुकार बम, अभियान विभाग प्रमुखमा रन्जु न्यौपानेले जिम्मेवारी पाएकी छन् । सामाजिक न्याय तथा समावेशिता विभाग प्रमुखमा प्रकाशचन्द्र परियार, विदेश मामिला विभाग प्रमुखमा डा.दिनेश प्रसाईं, सञ्चार विभाग प्रमुखमा किरणकृष्ण श्रेष्ठ, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा सुबुना बस्नेत तोकिएका छन् ।
यसैगरी, अनुसन्धान विभाग प्रमुखमा जीवन श्रेष्ठ, अर्थ विभाग प्रमुखमा आशुतोष तिवारी, कानुनी मामिला विभाग प्रमुखमा निरुपमा यादव र कार्यालय व्यवस्थापन विभाग प्रमुखमा मानवी पौडेलले जिम्मेवारी पाएका छन् । विभागमा सदस्यहरूको नियुक्तिका लागि आवश्यक गृहकार्य भइरहेको प्रवक्ता डा.आचार्यले बताए ।
विवेकशील साझाले तीन प्रदेशमा प्रमुख पनि तोकेको छ । प्रदेश ७ मा गोपी हमाल, प्रदेश ६ मा गेहेन्द्र दाहाल र प्रदेश ५ मा अनुपमान सैँजुलाई संयोजक तोकिएको छ ।


