Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अर्को सूचना नभएसम्मका लागि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

Loading

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ।

निर्वाचनको समीक्षा गर्न चैत ९ गते देखि जारी बैठक पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएपछि अनिश्चितकालका लागि स्थगित भएको हो । दिवंगत नेता खड्काप्रति सम्मान प्रकट गर्दै आइतबारका लागि निर्धारित बैठक पनि स्थगित भएको छ ।

बैठकमा शुक्रबारसम्म ४१ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। तीनै तहको निर्वाचनमा कांग्रेसले अनपेक्षित हार व्यहोरेको बिषयमा नेताहरुबीच गुटगतरुपमा आरोप प्रत्यारोप भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed