Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ट्रम्पको एउटा ट्वीटले बिश्वकै धनाढ्य बजोसलाई १०.७ अर्ब डलर घाटा

Loading

बीबीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटका कारण विश्वकै सर्वा्धिक धनी एमाजोनका प्रमुख जेफ बेजोसलाई १०.७ अर्ब डलर घाटा लागेको छ ।

ट्रम्पले एमाजोनलाई लक्षित गर्दै लेखेको ट्वीटले यस्तो सनसनी ल्याएको हो । ट्रम्पको ट्वीटले लाखौँ खुद्रा बिक्रेतालाई व्यापार बन्द समेत गराउने स्थितिमा पुर्याउने एमाजोनका प्रमुखकोसम्पतिमा भारी नोक्सानी बेहोर्नु परेको छ ।

राष्ट्रपति ट्रम्पले चुनाव अघि नै एमाजोनबारे धारणा राखेको कुरा भन्दै ट्वीट गरेका छन् । एमाजोनलाई इंगित गरे उनले स्थानीय तथा राज्यलाई कर कम तिर्ने या नतिर्ने भनी लेखेका थिए । एमाजोनको पद्धतिलाई सामान पुर्याउने केटा जस्तै प्रयोग गर्ने र आश्चर्यजनक रुपमा हजारौँ खुद्रा बिक्रेताहरु व्यापारबाट बाहिरिएको भन्दै ट्रम्पले विरोध जनाएका थिए ।

गत बुधबार बिहानदेखि एमाजोनको शेयर करिब ९ प्रतिसत झर्न थालेको थियो । अहिले करिब १०.७ अर्ब डलर खुद घाटा बेजोसले बेहोर्नु परेको छ । केही समय अगाडि उनी संसारकै सर्वा्धिक धनी व्यक्ति भएका थिए । बेजोसको एमाजोनमा कुल १०७.७ अर्ब डलर सम्पत्ति रहेको छ। एमाजोनको घाटा भएको खुद सम्पत्ति राष्ट्रपति ट्रम्पको कूल सम्पत्ति भन्दा पनि ज्यादा हुन्छ । एक अनुमान अनुसार राष्ट्रपतिको कुल अनुमानित सम्पत्ति ३.१ अर्ब डलर रहेको छ ।

यो भन्दा अगाडि पनि राष्ट्रपति ट्रम्पले कर तिर्ने खुद्रा बिक्रेतालाई एमाजोनले ठूलो धक्का लगाएको लेखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed