![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारबाट टाढै बस्न निजामति कर्मचारी एवम जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा शून्य शहनशीलताको नीति लिएकाले जनमुखी भएर काम गर्न निर्देदन दिनुभयो ।
उहाँले भ्रष्टाचार, कुशासनजस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै भन्नुभयो, ‘तपाईहरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस्।’
प्रधानमन्त्री ओलीले पूर्वाधार, विद्युत, वैकल्पिक उर्जा, सञ्चार आदि क्षेत्रको विकासमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पूरा गरिने आश्वासन दिंदै सरकारले कर्मचारी समायोजनको काम अघि बढाइसकेको पनि जानकारी दिनुभयो ।


