Breaking News.... EverestOnlineKhabar
June 4, 2026

२७ अप्रिलमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच भेटवार्ता हुँदै

Loading

बीबीसी । दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच एक दशक यताकै पहिलो भेटवार्ता हुने भएको छ । दुई देशबीचको सीमावर्ती गाउँ पनमुनजोममा आगामी २७ अप्रिलमा सो भेटवार्ता हुने संयुक्त विज्ञप्तिमा उल्लेखछ ।

दुवै देशका उच्च अधिकारीहरुको बैठकपछि सो मिति तय भएको हो । उत्तर कोरियाली नेता किमले चीन भ्रमण गरी राष्ट्रपति सी जिङपिङसँग भेटेको भोलिपल्टै दुई देशका प्रमुखबीचको भेटवार्ताको समयतालिका सार्वजनिक भएको हो ।

यसअघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटवार्ताका लागि निमन्त्रणा गरेका थिए । निमन्त्रणा राष्ट्रपति ट्रम्पले स्वीकार गरेका छन । दुवैबीच अगामी मे महिनामा भेट हुने सक्ने आंकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed