![]()
एजेन्सी,चैत ।
नेटोका महासचिव येंस स्टोलटेनबर्गले रूसका ७ प्रतिनिधिहरुलाई निष्कासन गरेको घोषणा गरेका छन् । उनले ७ जना प्रतिनिधि निष्कासन गरेको घोषणा गर्दै अन्य तीन जना रूसी प्रतिनिधिहरुको मान्यताका लागि पेश गरिएको आवेदन पनि खारेज गरेका छन् ।
रूसले देखाइरहेको व्यवहारको मूल्य चुकाउनपर्ने सन्देश दिन नेटोले यस्तो कदम चालेको बताइएको छ । नेटोको यो निर्णयभन्दा अगाडि नै २६ मुलुकले १४० भन्दा बढी रूसी प्रतिनिधिहरुलाई आफ्नो मुलुकबाट निष्कासन गरिसकेका छन् ।
ती मुलुकहरुले ब्रिटेनमा रहेका पूर्व रूसी जासूस सर्गेई स्क्रिपल र उनकी छोरी यूलियामाथि रूसले ४ मार्च, २०१८ ‘नर्व एजेन्ट’ बाट आक्रमण गराइएको दावी गरेका छन् । तर रुसले यी सबै आरोपहरुलाई आधारहिन भन्दै आएको छ । रूसी विदेश मन्त्री सर्गेई लावरोफले नेटोको पछिल्लो घोषणाका पछाडि अमेरीकाको ब्ल्याकमेल गर्ने नीति रहेको दाबी गरेका छन् ।
रूसी प्रतिनिधिहरुलाई निष्कासित गर्ने फैसला पछि नेटोमा रूसी प्रतिनिधिमण्डल अब एक तिहाई मात्रै रहेको छ ।


