Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौ,चैत ।
निर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न गत चैत ९ गतेदेखि सुरु कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बसिरहेको छ । बुधबार १ दिन स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । जारी बैठकमा नेताहरु बोल्ने क्रम चलिरहेको छ । अहिले साढे ९ बजेदेखि सुरु भएको बैठकमा पनि नेताहरुले धारणा राख्ने क्रम जारी छ । संघीय संसद् बैठक भएकाले बैठक दिउँसो १ बजेसम्म बस्नेछ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले हालसम्म ३३ जना केन्द्रीय सदस्यहरुले बोलिसकेको र आज पनि यही सिलसिला यथावत रहने जानकारी दिए । पौडेलका अनुसार, २२ केन्द्रीय सदस्यले बोल्नका लागि समय मागेका छन् भने अन्यले पनि नाम टिपाइरहेका छन् ।
केन्द्रीय समिति बैठकमा धारणा राख्न चाहने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक अझै केही दिन लम्बिन सक्ने पौडेलले बताए । जारी बैठकमा संस्थापन बाहिरका गुटले सभापति शेरबहादुर देउवाको नीति र नेतृत्वको चर्को आलोचना गरिरहेका छन् भने भित्रकाले बचाउमा समय खर्चिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed