Breaking News.... EverestOnlineKhabar
June 4, 2026

यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमणको सम्भावित तालिका

Loading

काठमाडौ,चैत ।
अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री केपी ओलीले चैत २३ देखि २५ सम्म भारतको राजकीय भ्रमण गर्दैछन् । तर अहिलेसम्म सरकारले औपचारिक जानकारी भने दिएको छैन् । ओलीको सम्मानमा नेपाली दूतावासले २३ चैतमा रात्रिभोज आयोजना गर्दै छ, दिल्लीमा त्यसको तयारी हुँदै छ ।
२४ चैतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ ।दिवाभोजअघि ओली र मोदीबीच एकान्त वार्ता हुनेछ भने त्यसपछि औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हैदरावाद हाउसमा हुनेछ । लगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । सोही दिन ओलीले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकया नायडुसँग भेटवार्ता गर्दै छन् । राष्ट्रपति कोविन्दले ओलीको सम्मानमा स्टेट डिनर दिने तयारी भएको छ ।
ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघद्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed