![]()
काठमाडौं । नेपाली भेट्रान लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग –आइपीएल) खेल्न मंगलबार नयाँ दिल्ली जाँदैछन ।
दिल्ली डेयरडेभिल्सबाट आईपिएलमा डेब्यु गर्न लागेका क्रिकेटर सन्दीप लिगअघि टोलीको करिब दुई साता लामो प्रशिक्षणमा सहभागी हुनेछन ।
आईपीएल खेल्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । सन्दीपलाई दिल्लीले २० लाख भारतिय रुपैयाँमा किनेको थियो । आईपिएलमा सन्दीप दिल्लीको १ नम्बर जर्सीमा देखिने छन् ।
आईपिएलको आगामी संस्करण अप्रिल ७ देखि सुरु हुँदैछ । दिल्लीको पहिलो खेल किंग्स इलाभेन पन्जाबविरुद्ध अप्रिल ८ मा हुनेछ ।


