![]()
धनकुटा । धनकुटाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट रु. दुई करोड भन्दा बढी क्षति भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले सात स्थानीय तह रहेको धनकुटामा ३४६ सामुदायिक वन मध्ये १३ वटा वन जलेर पूर्ण नष्ट भएको जनाएको छ ।
डढेलोले वन क्षेत्रमा रहेका बिरुवा एवं जडीबुटी जलेर नष्ट भएका छन । जिल्लाका छथर जोरपाटीको भञ्ज्याङडाँडा सामुदायिक वनको १०० हेक्टर, धनपा–५ को बडरे ३६ हेक्टर, धनपा–१० को पात्ले सामुदिायक वनको ६० हेक्टर, चौबिसे गाउँपालिका ठूलीभिर सामुदायिक वनको १९१ हेक्टर चौविसेका–४ को देउराली सामुदायिक वनको २० हेक्टर छथर जोरपाटिको सिवुवा ताक्लाखर्क ६७७ हेक्टर सोही क्षेत्रको पाथीभरा सामुदायिक वनको ५०० हेक्टर वन डढेलोका कारण पूर्ण नष्ट भएका छन् ।
धनपा–९ को रुद्रबारी सामुदायिक वनको २५ हेक्टर धनपा–९ को रधुटार ३६ हेक्टर र विश्रान्ती समुदायिक वनको केही क्षेत्रसमेत डढेलेको कारण क्षति भएको छ ।
मानवीय कमजोरीका कारण विगत वर्षमा भन्दा यस वर्ष धनकुटामा ठूलो क्षति भएको जनाइएको छ ।


