Breaking News.... EverestOnlineKhabar
June 4, 2026

उड्नै लागेको जहाजका को–पाइलट रक्सीले मातेपछि…..

Loading

एजेन्सी,चैत ।
उड्नुभन्दा केही समय अगाडि एक पोर्चुगाली विमानका को–पाइलटले रक्सी पिएर यात्रुलाई अलपत्र पारे । ककपिट जाँच गर्दा को–पाइलटले रक्सी पिएको भेटिएपछि उड्नै लागेको पोर्चूगलको एक जहाजको हवाइयात्रा जर्मनीमा रोकिएको थियो । शुक्रबार बेलुका जर्मनीको स्टटगार्टमा पोर्चूगलको जहाजको ककपिटमा जाँच गर्दा को–पाइलटले रक्सी पिएको पाइएको हो । रक्सी पिएको पाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले आफ्नो वक्तव्यमा को–पाइलटले धेरै मात्रामा रक्सी पिएको जनाएको छ । एयरपोर्टका एक अधिकारीले पाइलट धर्मराएर हिँडेको देखेपछि उनीविरुद्ध उजुरी गरेका थिए । जर्मनीको स्टुटगार्टको एक अदालतले को–पाइलटको लाइसेन्स खारेज गरेको छ भने उनीसँग १० हजार यूरो धरौटी मागिएको छ ।
पोर्चूगालिया एयरलाइन्सको टीपी ५२३ उडान नम्बरको त्यो जहाज स्टटगार्टबाट पोर्चुगलको राजधानी लिस्बनका लागि छुट्नै लागेका थियो । तर, जहाजका को–पाइलटले रक्सी पिएको भेटिएपछि उडान रद्द भएको थियो ।
उडान रद्द भएपछि त्यस जहाजमा रहेका १०६ जना यात्रु अलपत्र परेका थिए । जहाजका १०६ यात्रुहरुलाई एयरलाइन्सले केही समयपछि होटेलमा बस्ने व्यवस्था मिलाएको थियो । एअरलाइन्सले त्यस घटनाको छानविन गरी आवश्यक कारवाही गर्ने जनाएको छ । एअरलाइन्सले यात्रुमाथि भएको असुविधाप्रति क्षमा मागेको छ । त्यस एअरलाइन्सले जर्मनीबाट हुने आफ्ना नियमित उडान सोमबारबाट मात्रै सुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed