![]()
एजेन्सी । चारा घोटालमा मुछिएका राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादव एक पछि अर्को मुद्दामा फस्दै गएका छन् । चार घोटालाको चौथो मुद्दामा आरजेडी प्रमुख लालुप्रसाद यादवलाई सीबीआईको विशेष अदालतले जम्मा १४ वर्ष लामो सजाय सुनाएको छ। यसका अलावा उनीमाथि ६० लाख भारतीय रुपैयाँ जरिवान पनि तोकिएको छ ।
भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार अनुसार लालुलाई दुई अलग-अलग धारामार्फत सजाय सुनाइएको हो । दुवै धारा अनुसार उनीमाथि ७-७ सालको जेल सजाय सुनाइएको छ। यसका अलावा दुवै धारा अन्तर्गत ३०-३० लाख रुपैयाँ जरिबाना पनि तोकिएको छ ।
लालु यादवसहित दोषी ठहरिएका सबै १९ मानिसविरुद्ध तीन दिनसम्म सुनुवाई भएको थियो । २१ देखि २३ मार्चसम्म चलेको सुनवाईपछि शनिवार सजायको घोषणा गरिएको हो । यसभन्दा अघि आरजेडी प्रमुखमाथि उच्च अदालतबाट पनि झट्का भोग्नुपरेको थियो ।
चाइबासा मामलामा पनि उनको याचिकामा कुनै सुनुवाई भएको थिएन । लालुले यसअघि अदालतसँग आफ्नो सजायलाई कम भन्दा कम गर्न अपिल गरेका थिए ।
लालुका वकिलले ७० वर्षको उमेरमा लालु कयौं रोगबाट ग्रस्त रहेको तर्क गरेका थिए । तर लालुको अपिललाई अदालतले अस्वीकार गरिदियो । उल्टै लालुले एक वर्ष अतिरिक्त सजाय भोग्नुपर्ने भएको छ ।


