![]()
काठमाडौं । नेकपा एमालेसंग पार्टी एकीकरणको अन्तिम अवस्थामा रहेको माओवादी केन्द्रले प्रदेश नेतृत्व हेरफेर गरेको छ । शनिबार अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको कार्यालयको विस्तारित बैठकले प्रदेश नेतृत्व हेरफेर गरेको हो ।
अन्य प्रदेशको नेतृत्व हेरफेर गरे पनि ३ र ७ प्रदेशको नेतृत्व भने परिवर्तन भएको छैन । प्रदेश १ को इन्चार्जको जिम्मेवारी राम कार्कीलाई दिइएको छ । त्यसैगरी प्रदेश २ विश्वनाथ साह, प्रदेश ४ को इन्चार्ज हितराज पाण्डे, प्रदेश ५ को इन्चार्ज मणि थापा र ६ नम्बर प्रदेशको इन्चार्जको जिम्मेवारी जनार्दन शर्मा प्रभाकरलाई दिइएको छ ।
प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र प्रदेश ७ का लेखराज भट्ट भने यथावत छन् ।
यो निर्णयसँगै मातृका यादव, वर्षमान पुन र शक्ति बस्नेतको इन्चार्ज पद खोसिएको छ । उनीहरु मन्त्री बनेपछि माओवादी कार्यालय बैठकले पार्टीको जिम्मेवारी परिवर्तन गरेको हो ।
त्यसैगरी प्रदेश नम्बर ४ को इन्चार्ज रहेका देव गुरुङ प्रमुख सचेतक बनेपछि उनको जिम्मेवारी समेत खोसिएको छ । माओवादी प्रदेश १ का इन्चार्ज गोपाल किराती भने पार्टीको कारबाहीमा परेकाले उक्त पद रिक्त थियो ।


