Breaking News.... EverestOnlineKhabar
June 4, 2026

मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु

Loading

रुपन्देही,चैत ।
बुटवलमा मोफसलकै सर्वाधिक पुरस्कार रहेको मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । तेस्रो संस्करणको मदनभण्डारी गोल्डकपको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गोल्डकपको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले नगद ७ लाख ५० हजार प्राप्त गर्ने छ ।
प्रतियोगितामा मलेसियाको हिमालय फुटबल क्लब, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थ्री स्टार क्लबसहित १० टिमको सहभागीता रहने आयोजकले जनाएको छ ।
खेल दिउँसो २ बजेपछि बुटबलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी पाँच नम्बर प्रदेश कमिटिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed