![]()
काठमाडौ,चैत ।
महानगरीय अपराध महाशाखा (सिआईबी) ले अमेरिकन डिभि परेका व्यक्तिको दश जोड दुईको नक्कली सर्टिफिकेट बनाउने गिरोहलाई पक्राउ गरेको छ । अमेरिकन डिभि प्रक्रियाको लागि नेपाल स्थित अमेरिकन राजदुतावास मा दश जोड दुईको नक्कलस् शैक्षिक प्रमाणपत्रहरु पेश गर्ने जिल्ला रुपन्देही देवदह नगरपािलका वडा नम्बर ९ बस्ने वर्ष २० का निरज सुनार तथा सो नक्कली शैक्षिक प्रमाणपत्रहरु बनाउने कार्यमा संलग्न जिल्ला कपिलबस्तु बाँणगंगा नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौ जिल्ला मैतीदेवि बस्ने २४ वर्षका विकास बेल्बासेलाई पक्राउ गरेको हो । यस्तै,सोहि घटनामा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर २ घर भई हाल काठमाडौ जिल्ला मैतीदेवि बस्ने वर्ष २५ का यसमान विष्टलाई अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले फरक–फरक मितीमा उपत्यकाबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान गरी आवश्यक कारवाहिको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाइएको छ । घटनामा संलग्न केहि व्यक्ति फरार रहेको महाशाखाले जनाएको छ ।


