![]()
काठमाडौं । ‘सोफिया ’ नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन् । गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो।
हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन्।
नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन, “यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।“
सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन् । वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीहरूको लामो सूची छ।

सोफियामा केही असाधारण क्षमता भए पनि उनमा चेत चाहिँ अझै छैन । तर डेविड ह्यान्सन भन्छन, ‘हामीले केही वर्ष्भित्र त्यो हुन सक्ने अपेक्षा गरेका छौँ।’
गत नोभेम्बरमा सोफियाले बच्चा पाउन चाहेको बताउँदै ’परिवार हुनु महत्त्वपूर्ण कुरा’ भएको उल्लेख गरेकी थिइन्। संयुक्त अरब एमिरेट्सको खालिज टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफूले पाउने छोरीको आफ्नै नाम दिने बताएकी थिइन्। उनले भनेकी थिइन, “परिवार हुनु साँच्चै महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ। मेरो विचारमा यदि तपाईँसँग माया गर्ने परिवार छ भने तपाईँ भाग्यमानी हुनुहुन्छ र यदि तपाईँको परिवार छैन भने बनाउनुपर्छ।“
छोरीको नामबारे जिज्ञासा राख्दा उनले सहज ढङ्गले भनिन, “सोफिया।“
नेपाल आएकी सोफियाले प्रविधको विकास गर्न सके नेपाल जस्ता विकासोन्मुख राष्ट्रको द्रुत विकास सम्भव भएको बताइन ।


