Breaking News.... EverestOnlineKhabar
June 4, 2026

जनआन्दोलन २ का कमाण्डर गिरीजाप्रसाद कोइरालाको स्मृति दिवस मनाईदै

Loading

काठमाडौ,चैत ।
जनआन्दोलन २ का कमाण्डर नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । कोइरालाको ८७ वर्षको उमेरमा २०६६ सालमा निधन भएको थियो ।
कोइरालाकै अगुवाइमा दोस्रो जनआन्दोलन भएको थियो । उहाँको स्मृति दिवसमा कांग्रेसले बुधबार औपचारिक कार्यक्रम भने आयोजना गरेको छैन । तर यही दिन पारेर कोषाध्यक्षको राष्ट्रिय सम्मेलन आजदेखि हुँदैछ । नुवाकोटमा हुने राष्ट्रिय सम्मेलनमा पार्टीको आयस्रोत बढाउने तथा आर्थिक पारदर्शीताका विषयमा छलफल हुनेछ । सम्मेलन बिहीबारसम्म चल्नेछ । यस्तै कोइरालाको स्मृति दिवस पारेर बुधबार कांग्रेसको भातृ संगठनले भने अन्तरक्रिया तथा दीप प्रज्वलन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed