![]()
काठमाडौ,चैत ।
काठमाडौंको नयाँ बानेश्वरमा एकजनाको हत्या भएको छ । सर्लाहीका पुरुषोत्तम सेढाइको हत्या भएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी विश्वराज पोखरेलले जानकारी दिए ।
हत्यामा संलग्न रहेको आशंकामा केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


