![]()
एजेन्सी । विश्व चर्चित अर्जे्न्टिनीस्ट्राइकर लियोनेल मेसीले आगामी विश्वकप फुटबलको उपाधि अर्जे्न्टिनाले जित्ने दाबी गरेका छन । मेसीले रसिया विश्वकपको उपाधि सर्वा्धिक धेरै मात्रामा अर्जे्न्टिनाका लागि अत्यावश्यक रहेको भन्दै उपाधि नजिते आफू राष्ट्रिय टिममा बसिरहनुको अर्थ नहुने बताए ।
क्लब फुटबलमा एकपछि अर्को कीर्तिमान बनाउँदै आएका मेसीले राष्ट्रिय टिमबाट भने ठूलो उपाधि जित्न नसक्दा आलोचना हुने गरेको छ। अब फाइनल जित्ने चुनौती पूरा नगरे राष्ट्रिय टिममा बसिरहनुको अर्थ नहुने भन्दै उनले संन्यास लिनेतर्फ संकेत गरे।
२०१४ मा ब्रजिलमा भएको विश्वकपमा फाइनलमा पुगेर जर्मनीसँग एक शून्यले हारेपछि मेसीले अप्रत्यासित रूपमा संन्यासको घोषणा गरेका थिए। तर, चौतर्फी दबाब बढेपछि मेसीले केही महिनामै संन्यास घोषणा फिर्ता गर्दै पुनः राष्ट्रिय टिममा फर्किएका थिए।


