Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रियंका भन्छिन–‘महिलालाई जिस्काउने पुरुषलाई पिटदा फरक पर्दैन’

Loading

एजेन्सी । बलिउड तथा हलिउड बोल्ड अभिनेत्री प्रियंका चोपडाले कुनै पुरुषले महिलालाई जिस्काउँछ भने त्यसलाई पिट्दा फरक नपर्ने बताएकी छिन ।

हलै उनले दुबइमा आयोजना भएको एक कार्यक्रममा यस्तो बताएकी हुन । उनलाई एउटा प्रश्न सोधियो–‘यदि कुनै महिलाले जिस्काएको भन्दै पुरुषलाई पिटिन् भने त्यसलाई सामान्य मानिन्छ, तर कुनै पुरुषले जिस्काएको भन्दै महिलालाई पिट्यो भने त्यसलाई किन अपराध मानिन्छ ?’

यो प्रश्नको जवाफ दिदै प्रियंकाले भनिन–शारीरिक रुपमा महिला र पुरुष फरक छन् । यदि, कुनै महिला सीइओमा नियुक्त भइन् भने उनीमाथि कुनै प्रश्न उठाउनु आवश्यक छैन । यदि, उनी ५० बर्षकी छिन् भने उनी सीइओ र आमा पनि हुन् । यसैले, उनीमाथि कुनै प्रश्न नसोध्नुहोला ।’

उनले अगाडि भनिन–‘यसैले, कुनै महिलाले पुरुषलाई जिस्काएको भन्दै पिटिन् भने उनी यसको हकदार हुन् ।’ महिलामाथि प्रश्न उठाउने, काममा अवरोध गर्ने प्रथा बलिउडमा मात्र नभएर विश्वभर रहेको प्रियंकाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed