Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रदेश ५ को कांग्रेस संसदीय दलको नेता चयनको लागि आज चुनाव हुँदै

Loading

रुपन्देही,चैत ।
नेपाली कांग्रेस पाँच नम्बर प्रदेशको संसदीय दलको नेता चयनका लागि आज चुनाव हुँदैछ । दिउँसो ३ बजे सम्म उम्मेदवारी फिर्ताको समय तोकिएको र साढे ३ बजेपछि चुनावी प्रक्रिया सुरु हुने निर्वाचन समितिका संयोजक डा.बुद्धबहादुर थापाले जानकारी दिए ।
संसदीय दलको नेताका लागि बलदेब शर्मा पोखरेल, डिल्ली चौधरी, विरबहादुर राना, विरेन्द्र कनौडिया र फकरद्धिन खानले उम्मेदवारी दर्ता गराएका छन् । सर्वसहमति रुपमा नेता चयन गर्ने प्रयास गरिएपनि नेताहरुबीच सहमति हुन नसकेपछि चुनाव हुन लागेको हो । प्रदेश नम्बर पाँचमा कांग्रेसका १९ जना सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed