![]()
काठमाडौं । जिम्बाम्बे गएर एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेट टिम सोमबार साँझ स्वदेश फर्किदै छ ।सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको नेपाली टोली सोमबार साँझ ६ बजे काठमाडौं आइपुग्ने छ ।
शनिबार नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएपछि नेपालले आठौं स्थानमा रहँदै जिम्बाम्बे यात्रा टुंग्याएको हो ।
नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता हात पारेको नेपाली टिमको स्वागतमा विमानस्थलमा समर्थकको भीड लाग्ने अपेक्षा गरिएको छ । यसका साथै क्रिकेटसँग सम्बन्धीत ब्यक्तिहरु पनि विमानस्थल पुग्ने बुझिएको छ।


