![]()
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल निर्वाचित भएकी छन ।
आइतबार बसेको बैठकमा शशिकला दाहाललाई उपाध्यक्षमा निर्वा्चित गरियोस् भन्ने प्रस्तावमा उनको पक्षमा ४५ मत र ११ मत विपक्षमा आएको थियो। बैठकमा ५६ जना सांसद उपस्थित रहेका थिए।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद तिमिल्सिना निर्वा्चित भैसकेका छन्। संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाले सभामुख र उपसभामुख पाइसकेको छ।
प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रले पाएको थियो भने राष्ट्रिय सभाको अध्यक्ष एमालेले पाएको थियो। प्रतिनिधिसभाको उपाध्यक्षमा शुक्रबार शिवमाया तुम्बाहाम्फे विजयी भएकी थिइन्। राष्ट्रिय सभाको उपाध्यक्ष भने माओवादी केन्द्रको भागमा परेको थियो।


