Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौ,चैत ।
राष्ट्रियसभाको उपाध्यक्षका आज निर्वाचन हुँदैछ । वाम गठबन्धन र कांग्रेस दुवैले उम्मेदवारी दिएपछि आज चुनाव हुन लागेको हो । संघीय संसद् सचिवालयका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले रानाको उम्मेदवारी परेको छ ।
निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिनेछन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्कीकी हुन् ।
संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ । राष्ट्रियसभामा वाम गठबन्धन आबद्ध दल एमाले–माओवादीको स्पष्ट बहुमत भएकाले दाहाल विजय हुने निश्चितजस्तै छ ।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद तिमिल्सिना यसअघि नै निर्वाचित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed