Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौं । अन्ततः प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पदबाट राजीनामा दिएका छन । न्यायपरिषद् सचिवालयका सचिव नृपध्वज निरौलाले पदमुक्त भएको पत्र दिएसंगै तरंगिएको न्यायीक क्षेत्र पराजुलीको राजीनामा पछि ‘कुल एक्जिट’ तर्फ गएको छ ।

प्रधानन्यायाधीश पराजुलीले बिहीबार राष्ट्रपति बिद्या भण्डारीलाई भेटेर राजीनामा दिएका हुन । पराजुलीले राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जानकारी गराए ।

बुधबार न्यायपरिषद् सचिवालयका सचिव नृपध्वज निरौलाले पराजुलीलाई उमेरहदका कारण पदमा नरहेको भन्दै पत्र थमाएका थिए । राष्ट्रपति भण्डारीले पदमुक्त भएका प्रधानन्यायाधीश पराजुलीबाट शपथ लिएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed