Breaking News.... EverestOnlineKhabar
June 5, 2026

घुमक्कड चिनियाँ हजुरआमाका करोडौं फ्यान

Loading

बीबीसी । अवकाशप्राप्त जीवन देशदेशावर घुमेर विताउने गरेकी एकजना चिनीयाँ प्रौढ महिलाले देशको सामाजिक संजालमा करोडौं प्रसंशक बटुलेकी छन्।

भिडिओ सामग्रीहरु भएको पीअर भिडिओ नामक वेबसाईटमा मिस ची भनेर ति ७३ वर्षिया अवकाशप्राप्त शिक्षिका भन्छिन्, “बुढेसकालमा सन्तानका लागि अनावश्यक बोझ बन्नु भन्दा मलाई सकेसम्म विभिन्न स्थानको यात्रा गरेर समय विताउन उचित लागेको छ।“
उनको यात्रा बारे इन्टरनेटमा राखिएको छोटो भिडिओले अवकाशप्राप्त वृद्धवृद्धाले आफ्ना सन्तानको परिवारमा बसेर नातिनातिना खेलाउंदै बांकी जीवन कटाउनु पर्छ भन्ने चिनियाँ समाजमा विद्यमान परम्परातग धारणाका बारे बहस शुरु गरिदिएको छ।

मि ची आफ्नो भिडिओमा भन्छिन,“ वृद्धवृद्धाले घरमै बसेर घरेलु काम गर्ने र आफ्ना छोराछोरी र नातिनातिनाको हेरविचार गर्ने गर्नुपर्छ नै भन्ने के छ र?“

भिडिओमा मिस चि भन्छिन् उनले जिन्दगीभर नै युरोप, उत्तर अमेरिका र एशियाका विभिन्न देशहरुको यात्रा गरेर समय विताएकी छिन्। उनले चीनको दक्षिणपश्चिम फुजीआन प्रान्तस्थित क्वानझु शहरमा गरेकी भ्रमणलाई पीअर भिडिओ टोलीले पछ्याएको थियो।
उक्त भिडिओमा उनी एउटा सामुहीक आवास गृहमा बसेको देख्न सकिन्छ। उनी आफू विद्यार्थीहरुसंग घुमेर र उनीहरुसंग मिलेर खर्च गरेर पैसा जोगाउने गरेको बताउंछिन्।

युवाहरुसंग भेटघाट गर्नु आफ्नो यात्राको एउटा महत्वपूर्ण कुरा भएको उनको भनाई छ। “म तिनीहरुसंग कुरा गर्छु र तिनीहरुले थुप्रै ताजा र नयां कुराहरु बारे मलाई बताउंछन,“ उनी भन्छिन्।

मिस चि बारेको तीन मिनेट लामो भिडिओ मियाओपाइ नामक वेबसाइटमा एककरोड दशलाखभन्दा बढी पटक हेरिएको छ। सिना वेइबो लगायत अन्य चिनियाँ सामाजिक संजालका वेबसाइटहरुमा उक्त भिडिओका बारे हजारौं प्रतिक्रियाहरु व्यक्त भएका छन्।
धेरैले उनलाई स्वतन्त्र महिला भएकोमा प्रसंशा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed