![]()
काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १५५ रनको चुनौती पेश गरेको छ ।
हङकङले टस जितेर पहिले ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो । हङकङका लागि निजकट खानलले ४७ बनाए । त्यस्तै, इशान खानले २५, कप्तान बाबर हायतले २०, इशान नवाजले १४ र तानविर अजवलले १० रन बनाए । हङकङका अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका लिए । त्यस्तै, बसन्त रेग्मी र करण केसीले समान २–२ विकेट लिए । सोमपाल कामी र ललितले समान १–१ विकेट लिन सफल भए ।


