Breaking News.... EverestOnlineKhabar
August 17, 2026

कोलम्बियाको बिद्रोही समूह पहिलो पटक चुनावमा, प्रजातन्त्र बलियो भएको राष्ट्रपतिको प्रतिक्रिया

Loading

बीबीसी । कोलम्बियामा सरकारले फार्क विद्रोही समूहका पूर्व लडाकुहरुसँग सहमति गरेपछि पहिलो संसदीय चुनाव सम्पन्न भएको छ।
चुनावलाई सहमतिको लोकप्रियताको परीक्षणका रुपमा पनि हेरिएको छ। राष्ट्रपति ख्वान म्यानुअल स्यान्टोसले कोलम्बियाको प्रजातन्त्रका लागि चुनाव ऐतिहासिक क्षण भएको बताए। उनले पचास वर्ष लामो द्वन्द्वपछि पूर्व छापामारहरु हिंसा होइन चुनाव मार्फत परिवर्तनका लागि लडिरहेका उल्लेख गरे।

परम्परागत विचार राख्ने विपक्षीहरु स्यान्टोसको सरकार फार्कप्रति धेरै नै उदार बनेको भन्दै आलोचना गरेका छन । पूर्व लडाकुहरुलाई न्यायिक कठघरामा उभ्याएर मात्रै राज्यका लागि उम्मेदवार बन्न अनुमति दिइनुपर्ने उनीहरुको विचार छ। त्यसैले चुनावमा सरकार विरुद्ध आक्रोश प्रकट हुने ठानिएको छ।

मे महिनामा हुने चुनावका लागि आफ्नो हात माथि पार्ने अपेक्षा सहित चुनावमा होमिएका दक्षिणपन्थी पार्टीहरु कंग्रेसमा पूर्ण बहुमतका साथ जित्ने आशामा छन्। चुनाव अघिको मत सर्वेक्षणले वामपन्थी पार्टीहरुले राम्रो नगर्ने देखाएको बताइएको छ।

फार्क र सरकारबीच सन २०१६ मा ऐतिहासिक शान्ति सम्झौतमा हस्ताक्षर भएपछि उनीहरुलाई संसदमा १० सीट उपलब्ध गराइएको थियो। मतदान दशकौं यताकै शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ। मतदान सम्पन्न भएको करिब चार घण्टापछि प्रारम्भिक मत परिणामहरु आउन शुरु हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.