![]()
एजेन्सी । सामसुङले एस नाइन र एस नाइन प्लस नेपाली बजारमा सार्वजनिक गर्दैछ । सोमबार सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
यी दुई स्मार्टफोन करिब १५ दिनअघि मात्रै स्पेनमा सम्पन्न फोन कम्पनीहरुको कुम्भ मेला मानिने ‘मोबाइल वल्र्ड काँग्रेस’ मा सार्वजनिक भएका थिए।
अन्तर्राष्ट्रिय बजारमा भने यी फोन चैत २ गतेबाट उपलब्ध हुनेछन् । कम्पनीका अनुसार यि स्मार्टफोन सोमबार सार्वजनिक गरिएपनि बजारमा आउन भने थप केहि दिन लाग्ने र चैत भित्रमा ग्राहकले किन्न पाउने कम्पनीले जनाएको छ।
फोनको बुकिङ भने सोमबारबाटै सुरु हुने सामसुङले जनाएको छ। कम्पनीबाट प्राप्त जानकारी अनुसार एस नाइनको मूल्य ८७ हजार ९ सय तथा एस नाइन प्लसको ९९ हजार ९ सय तोकिएकोे छ।
दुबै फोन ६४ जीबी भेरियन्टमा उपलब्ध हुनेछन्।


