Breaking News.... EverestOnlineKhabar
June 4, 2026

नेपालको लगातार तेस्रो हारःएकदिवसीय मान्यता पाउन लगातार तीन खेल जित्नै पर्ने

Loading

काठमाडौ,फागुन ।
आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर ६ मा पुग्ने नेपालको आशा लगभग सकिएको छ। समूह चरणमा लगातार ३ खेलमा पराजित भइसकेको नेपालले सोमबार हुने अन्तिम खेलमा हङकङलाई भारी अन्तरले पराजित गरे सुपर ६ झिनो आशा छ। तर नेपाललाई सुपर ६ भन्दा महत्वपूर्ण एकदिवसीय मान्यता भएकाले हङकङ विरुद्धको खेल महत्वपूर्ण छ। त्यसका लागि नेपालले हङकङलाई पराजित गर्नुको विकल्प छैन।
छनोटमा प्रतिस्पर्धा गरिरहेका ५ मध्ये उत्कृष्ट ३ एसोसिएट टिमले चार वर्षका लागि एकदिवसीय मान्यता पाउनेछन्। जसमा स्कटल्यान्ड सुपर ६ मा पुग्दै एकदिवसीय मान्यता पक्का गरिरहेको छ। युएई पनि सुपर ६ नजिक छ । अन्तिम दिन नेदरल्यान्ड्स पराजित भए समूह ए बाट युएईले सुपर ६ स्थान पक्का गर्नेछ। आयरल्यान्डलाई पराजित गरेपनि युएई सुपर ६ पुग्नेछ।
एसोसिएट मध्ये स्कटल्यान्ड र युएईले सुपर–६ मा स्थान बनाएको अवस्थामा नेपाल, हङकङ र पपुवा न्युगिनी मध्ये १ टिमले एकदिवसीय मान्यता पाउनेछन्। जसका लागि सोमबार नेपाल र हङकङबीचको खेल निर्णायक हुनेछ। हङकङ विजयी भएमा नेपाल र पपुवा न्युगिनी बाहिरिनेछन्। नेपाल विजयी भएको अवस्थामा प्ले अफमार्फत हङकङ, नेपाल र पपुवा न्युगिनी मध्ये १ टिमले एकदिवसीय मान्यता पाउने छ।
नेपालले एकदिवसीय मान्यताको बाटो बनाउन सोमबार हङकङलाई पराजित गर्नै पर्ने हुन्छ। अहिलेको समिकरणअनुसार त्यसपछि प्ले अफमा दुवै खेल जिते नेपालले एकदिवसीय मान्यता पाउनेछ। अहिलेको समिकरण अनुसार पहिलो प्ले अफमा नेपालले नेदरल्यान्ड्ससँग भिड्नेछ। नेदरल्यान्ड्सलाई हराए मात्र नेपालले एकदिवसीय खेलको निर्णायक खेलमा प्रतिस्पर्धा गर्नेछ। जुन खेल हङकङ वा पपुवा न्यूगिनी मध्ये एकसँग हुनेछ। त्यसैले नेपालले एकदिवसीय मान्यता पाउँन अब लगातार ३ खेल जित्नु पर्ने समिकरण बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed