![]()
एजेन्सी । घरेलु हिंसा र मानसिक समस्यामा रहेका नेपालीहरुलाई सहयोग र्पुयाउने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा वाक फर वेलफेयर कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा अष्ट्रेलियाको विभिन्न राज्यहरुमा रहेका सयौं नेपालीहरुको सहभागिता रहेको थियो । प्रत्येक दुई वर्षमा आयोजना गरिने यस कार्यक्रमबाट एनआरएनले सामुदायिक कार्यका लागि रकम संकलन गर्ने गर्दछ । यसवर्ष पनि महिलाहरुलाई सहयोग र्पुयाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।


