Breaking News.... EverestOnlineKhabar
June 5, 2026

प्रदेश १ का मुख्यमन्त्री राई काठमाडौंमा, भन्छन–‘ जेठ महिना भित्र स्थायी राजधानीको टुंगो लाग्छ’

Loading

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी जेष्ठ महिना भित्र प्रदेश नम्बर १ को स्थायी राजधानी टुंगो लगाउने बताएका छन ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशको राजधानी तोक्ने काम प्रदेश सभाको २ तिहाई बहुमतले गर्ने संवैधानिक व्यवस्था भएको र सोही व्यवस्था बमोजिम जेठ महिना भित्र स्थायी राजधानी तोकिने बताए । उनले भने,‘ राजधानी तय गर्दा कसैको पनि दवावमा नपरी निर्णय गरिन्छ । ’

प्रदेशको स्थायी राजधानी धनकुटा बनाउन दवाव दिँदै विराटनगरमा दैनिक प्रर्दशन भईरहेको छ । मुख्यमन्त्री राईले प्रदेशको राजधानी तय गर्ने काम प्रदेशशभाको भएकाले दबाबमुलक कार्यक्रम नगर्न अनुरोध गरे ।

मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई नमूना प्रदेश बनाउने गरी गुरु योजना बनाउन आफू लागिरहेको जानकारी पनि दिए । सुशासन र समृद्धिलाई आफू नेतृत्वको प्रदेश सरकारले उच्च प्राथमिकता दिने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed