Breaking News.... EverestOnlineKhabar
June 5, 2026

युरोपा लिग फुटबलःएथ्लेटिको मड्रिड विजयी

Loading

एजेन्सी,फागुन ।
स्पेनिस क्लब एथ्लेटिको मड्रिडले युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ । बिहिबार राति भएको पहिलो लेगमा एथ्लेटिकोले लोकोमोटिभ मस्कोलाई ३ – ० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जित दिलाउन साउल निगुएज,डिएगो कोष्टा र कोकेले समान एक एक गोल गरे ।
यो जितसँगै एथ्लेटिकोले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । एथ्लेटिकोले अब दोस्रो लेग मस्कोको मैदानमा आगामी १५ मार्चमा खेल्ने छ । तुलानात्मक कमजोर टोली मस्कोविरुद्ध एथ्लेटिकोले पहिलो हाफमा २२ औं मिनेटमा निगुएजको गोलबाट अग्रता बनाएको थियो । खेलको ४७ औं मिनेटमा कोष्टाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ९० औं मिनेटमा कोकेले गोल गर्दै एथ्लेटिकोलाई ३ – ० को सहज जित दिलाए ।
युरोपा लिग अन्तर्गत नै बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा अर्को स्पेनिस क्लब एथ्लेटिको बिल्बाओ इटालियन क्लब मार्सेलीसँग ३ – १ ले पराजित भएको छ । त्यस्तै डाइनामो किभ र लाजियोले २ – २ गोलको बराबरी खेल्दा स्पोर्टिङ सिपिले भिक्टोरिया प्ल्जेनलाई २ – ० ले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed