![]()
काठमाडौं । चलचित्र निर्माता तथा छाँयाकार डिक खड्का पक्राउ परेका छन् । आफनै साथीको श्रीमतीलाई फेसवुकमा अश्लिल फोटो र भिडियो पठाएपछि खडका पक्राउ परेका हुन ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले खड्कालाई बानेश्वरबारबाट नियन्त्रणमा लिएको हो । चलचित्र निर्माता संघको पूर्व सदस्य समेत रहेका खड्कामाथी काठमाडौं जिल्ला अदालतबाट साईबर अपराधमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको छ ।
प्रहरीका अनुसार पीडित महिलाले सामाजिक सञ्जालमार्फत ‘सेक्स्युअल ह्यारेसमेन्ट’ गरेको आरोप सहित उजुरी दिएकी थिईन् ।
खड्काले छाउपडी, मजवुर लगायतका फिल्म निर्माण गरेका छन् ।


